२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल : आरसिबीविरुद्ध पञ्जाबको सनसनीपूर्ण जित



काठमाडौं । इन्डियन प्रिमियल लिग (आईपीएल)मा पञ्जाब किंग्सले सनसनीपूर्ण प्रदर्शनलाई कायमै राखेको छ । वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा पन्जाबले रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ५ विकेटले हरायो । आरसिबीले दिएको ९६ रनको लक्ष्य पछ्याएको पञ्जाबले ११ बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा ९८ रन जोड्दै सहजै भेट्टाएको हो ।

पन्जाबका लागि नेहाल बाधेराले अविजित रहँदै १९ बलमा ३३ रन जोडे । उनले समान तीनतीन चौका र छक्का प्रहार गरे । मार्कस स्टोनिसले दुई बलमा सात रन जोडे । आफूले सामना गरेको पहिलो बलमा एक रन लिएका उनले यस दयालको बलमा छक्का प्रहार गर्दै खेलको अन्त्य गरेका हुन् । आरसिबीका जोस हजेलउडले तीन ओभरमा १४ रन खर्चेर पञ्जाबको तीन विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले नौ विकेटको क्षतिमा ९५ रन जोडेको हो । सो टोलीका टिम डेभिडले अविजित रहँदै २६ बलमा ५० रन जोडे । उनको पारीमा पाँच चौका र ती छक्का समावेश थियो । कप्तान रजत पाटिदरले १८ बलमा २३ रन जोडे । अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

पञ्जाबलाई नियन्त्रणमा राख्ने क्रममा मार्को जेन्सनले तीन ओभरमा १० रन खर्चेर दुई तथा युजभेन्द्र चावलले चीन ओभरमा ११ रन खर्चेर दुई विकेट लिए । आर्शदीप सिंहले तीन ओभरमा २३ रन खर्चेर दुई विकेट लिए । दुई विकेट लिए पनि हरप्रित सिंह महँगो साबित भए । पराजयको बाबजुद आरसिबीका टिम डेभिड प्लेयर अफ द म्याच घोषित भए । यो जिचपद्धि तालिकामा पञ्जाब १० अङ्कसहित दोस्रो स्थानमा पुगेको छ । १० अङ्क नै भएको दिल्ली क्यापिटल शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : १४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय