२६ कार्तिक २०८३, बिहिबार | November 13, 2026

‘क्षतिग्रस्त पुलको चाँडो मर्मत गर्न आवश्यक’



तेह्रथुम । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत तमोर नदीस्थित तेह्रथुम र पाँचथर जोड्ने क्षतिग्रस्त पुल निर्माणका लागि दुवै जिल्लाका जनप्रतिनिधि र सरोकारवालाहरुले पहल सुरु गरेका छन् ।

तेह्रथुमको आठराई गाउँपालिका–६ र पाँचथरको फिदिम नगरपालिका–४ मा पर्ने उक्त पुलको आठराइतर्फको भागमा गत वर्षको असोज १२ गते तमोर नदीमा आएको बाढीका कारण क्षति भएको थियो । प्राविधिकसहितको स्थलगत अवलोकनपछि पुलमा समस्या देखिएको उल्लेख गर्दै चाँडो मर्मत आवश्यक भएको तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सीता गुरुङले बताइन ।

निरीक्षणपछि दुवै जिल्लाका विपद् व्यवस्थापन समितिले तत्काल संरक्षणका लागि काम थाल्न सम्बन्धित निकायमा अनुरोध गर्दै थप पहलकदमी थाल्ने निर्णय गरेको टोलीमा रहेका तेह्रथुमबाट निर्वाचित प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले बताए।

यस वर्षको वर्षामा पुलमा थप क्षति हुनसक्ने आकलन गरिएको उक्त टोलीको निष्कर्ष छ । त्यसैले मनसुन सुरु हुनअगावै पुलको क्षतिग्रस्त भागको मर्मत गर्न पहल थालिएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमकले बताए ।

टोलीमा प्रतिनिधिसभा सदस्य गुरुङसँगै प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईं, जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख गुमानसिं इस्वो, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बे, फिदिम नगरपालिका पाँचथरका प्रमुख मित्रप्रसाद काफ्ले, तेह्रथुमका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालगायत थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ११ : ५५ बजे

भीमफेदी दुर्घटना : गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

हेटौँडा । अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही

एनपीएल तेस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो लुम्बिनी लायन्स

काठमाडौं । कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनी लायन्स

सी चिनफिङको चेतावनी – ‘ताइवानको पृथकतावादी गतिविधिलाई कुनै छुट दिईंदैन

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले ताइवानलाई चीनमा पूर्ण एकीकरण