१४ भदौ २०८३, आइतबार | August 30, 2026

कुलमानलाई विद्युत प्राकिरणबाट हटाएको विरोधमा महोत्तरीमा नागरिक समाजको प्रदर्शन



महोत्तरी। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई सरकारले प्रतिशोध पुर्ण ढंगले हटाएको भन्दै महोत्तरीको बर्दिवासमा नागरिक समाजले खवरदारी र्‍याली गरेका छन्।

सरकारले लोडसेडिङ्गलाई प्रोत्साहन गर्ने उदेश्यले घिसिङ्गलाई हटाएको भन्दै वेथितिका विरुद्ध सवै जना एकजुट हुनुपर्ने आव्हान सहितको खवरदारी र्‍याली गरेका हुन् । बर्दिवास उधोग बाणिज्य संघ, जनजाती महासंघ लगायतका संस्थाहरुको आयोजनामा बर्दिवास शहरको पश्चिमतर्फवाट प्रारम्भ भएको र्‍याली बजार परिक्रमपछि कोणसभामा परिणत गरिएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले सरकारको पक्ष(विपक्ष भन्दा पनि वेथितिका विरुद्ध खबरदारी भएको धारणा राखे कुलमानलाई हटाएदेखी अघोषित लोडसेडिङ भएको जिकिर गर्दै जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।

त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले षडयन्त्रपुर्ण ढंगले लोडसेडिङ्ग हुनेतर्फ उनमुख भएको प्रती आक्रोश व्यक्त गरेका छन । ञव्यावसायी र सर्वसाधारण हितविपरित सरकारका निर्णयहरु गलत दिशातर्फ अगाडि बढेका छन्झ अध्यक्ष कार्कीले भने, ञखबरदारी गरेर सरकारका गलत निर्णयहरुका विरुद्ध एकजुट हुनुपर्छ जुन जनहित विपरित छन् ।झ

जनजाती माहासंघ महोत्तरीका अध्यक्ष धननारायण श्रेष्ठले पनि सरकार जनपक्षीय बन्न नसकेको प्रति आक्रोश व्यक्तसमेत गरेका छन् । पार्टीको झोला फ्याकेर हाम्रा भन्दा पनि राम्रालाई साथ दिनुपर्ने वताउदै अन्यायको विरुद्ध पार्टीभन्दा माथी उठनुपर्ने अध्यक्ष श्रेष्ठले जिकिर गरे ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : १७ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति