२४ भदौ २०८३, बुधबार | September 9, 2026

तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न



तिलोत्तमा । नेवा देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १५ दिने नेपाल भाषा प्रशिक्षण कार्यक्रम एक समारोहका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका मेयर श्री रामकृष्ण खाणले नेपालभाषा (नेवारी भाषा) मात्र भाषा नभई संस्कृति, इतिहास र पहिचानको धरोहर भएको बताउँदै यसको संरक्षणमा नयाँ पुस्ताको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको धारणा राखे ।

उनले नगरपालिकाले मातृभाषा र संस्कृति जोगाउनका लागि यस्ता कार्यक्रमहरूलाई आवश्यक सहयोग गर्न सकिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिनेश कक्षपतिले गर्नुभयो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठले दिएका थिए । अध्यक्ष कक्षपतिले सहभागी प्रशिक्षार्थीहरूमा भाषा सिक्ने उत्साह बढेको उल्लेख गर्दै यस्ता कार्यक्रमले संस्कृति र पहिचानको संरक्षणमा समेत टेवा पुग्ने बताए ।

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष श्री कृष्ण पौडेल, नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष श्री लोकहरी श्रेष्ठ, झिगु नेवा पुचः शंकरनगरका वरिष्ठ उपाध्यक्ष दुर्गा श्रेष्ठ, नेवा देय् दबु जिल्ला सदस्य तीर्थ उदय, तथा प्रशिक्षक डा. निरञ्जन लाल कक्षपतिले नेपालभाषाको महत्व, संरक्षण र पुस्तान्तरणका पक्षमा आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा नेवा देय् दबु रूपन्देही जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष श्री अरुणा श्रेष्ठ तथा तिलोत्तमा नगरभित्रका विभिन्न खल पुचःका अध्यक्ष र प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो ।

उक्त तालिममा ४० जना प्रशिक्षार्थीहरूले सहभागिता जनाएका थिए । सहभागीहरूले भाषा सिक्न पाएको अवसरप्रति खुसी व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग राखेका छन् ।

कार्यक्रमको संयोजन तथा सञ्चालन संस्थाकी सचिव श्रीमती राधा श्रेष्ठ उदयले गरेकी थिइन ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ११ : ३१ बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय