२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लुम्बिनी कप महिला फुटबल : तीन शुन्य गोल अन्तरले घरेलु टोलीलाई हराउदै रौतहट सेमीफाइनलमा प्रवेश



नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा घरेलु टोली बाँके–११ लाई तिन शुन्यले पाखा लगाउँदै रौतहट जिल्ला फुटबल संघले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

आज रौतहटलाई जित दिलाउन खेलको पहिलो हापको २८ औ मिनेटमा जेनिफर रानामगरले एक गोल गर्न सफल भइन् । जेनिफरको पहिलो गोलले रौटहतको टोलीलाई निकै उत्साहित बनाएको थियो । खेलको पहिलो हाप सकिदा सम्म बाँकेका तर्फबाट कसैले पनि गोल गर्न सकेन । खेलको दोस्रो हापमा पनि बाकेले कुनै उपलब्धि हासिल गर्न सकेन । रौतहटका तर्फबाट खेलको दोस्रो हापको ४५ औ मिनेटमा समिक्षा राईले थप एक गोल गर्न सफल भइन् ।

दोस्रो हापमा समिक्षाले अर्को गोल रौतहटका तर्फबाट गरीरहदा बाँके–११ ले निकै सकसपुर्ण खेल खेलीरहेको थियो । निकै राम्रो प्रस्तुती दिइरहेकी बाँके–११ कि गोलकिपर राधीका वली घाइते भएपछि बाँकेको टिमले सोचे अनुसारको प्रस्तुती दिन सकेन । यद्यपी अन्तिम अवस्थासम्म बाँकेले कोसीस भने जारी राख्यो भने रौतहटले पनि धेरै पटक गोल गर्न सक्ने अवसर गुमायो । नजिता राम्रो आएपनि रौतहटका यो खेल सोचेअनुरुप हुन सकेन ।

यसैगरी रौतहटकै तर्फबाट खेलको ५१ औ मिनेटमा पियुली रोयले गरेको गोल निर्णायक बन्न पुग्यो । आजको खेलमा सिम्रन राई प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई संघीय सांसद तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नगद रु ५ हजार प्रदान गरेर हौसला प्रदान गरेका थिए ।

आजको खेलको प्रमुख रेफ्रि कृति सेन रहेका थिए भने सहायक रेफ्रिहरुमा जमुना आले ,अनुप सिङ थारु र अमर घले रहेका थिए । आजको खेलमा बाँके–११बाट सलिना सुनार र आयुषा रेउलेले पहेलो कार्ड पाए । यसैगरी रौतहटबाट अनिसा राईले पनि एल्लो कार्ड पाएक थिइन् ।

रौतहट जिल्ला फुटबल संघका कोच भोजराज घिमिरेले नेपालगंज रंगशालामा आएर आफूले सोचे अनुसार खेल खेल्न नसकेपनि पाएको सफलताले सेमीफाइनलमा राम्रो नजिता दिने बताएका छन । यस्तै क्याप्टेन सलोनी रानामगरले टिमले गरेको प्रयासको प्रशंसा गर्दे आफूले अझै मेहनत गर्ने बताएकी छिन । बाँके–११ का कोच सानु तामाङले समय थोरै भएका कारण अभ्यास गर्न नपाएको र खेलमैदानको अभावका कारण पनि यो नजिता ब्यहोर्नु परेको बताए । घरेलु टोली भएर पनि सेमीफाइनल खेल्न नपाएको कुराले केही दुखी भएतापनि आगामी दिनमा राम्रो प्रस्तुती दिने उनले बताए । यस्तै बाँके–११ का क्याप्टेन उर्बसी शाहीले प्रर्याप्त तालिम र अभ्यास नियमित हुन आवश्यक रहेको बताइन् ।

रौतहटले फाइनल प्रवेशको लागि वैशाख १० गते विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र कर्णाली प्रदेशबीचको विजेतासँग खेल्नेछ । एपिएफले भोली सोमबार कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : ५५ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३