२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लुम्बिनी कप महिला फुटबलको उपाधि जित्ने दुबै विभागिय टिमको दाबी

प्रतिस्पर्धीलाई कमजोर सम्झन नहुने दुबै टिम कप्तानको भनाई



नेपालगन्ज । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी जित्न फाइनलमा पुगेका एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले एक अर्कालाई बलियो प्रतिस्पर्धी स्वीकार गरेका छन् । आयोजक अन्तरालले फइनल खेलको पूर्व संध्यामा राखेको प्रि म्याच कन्फ्रेन्सबा बोल्दै दुबै टिमका कोच र कप्तानहरुले एक अर्कालाई बलियो प्रतिस्पर्धी स्वीकार गरेका हुन् ।

दुबै टिमका कोच तथा कप्तानहरुले उपाधि आफुले जित्ने दाबी पनि गरेका छन । कार्यक्रममा बोल्दै एपीएफ क्लबका कोच भगवती थापाले प्रतिस्पर्धीलाई कहिल्यै कमजोर सम्झन नहुने बताइन् । उनले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताउँदै उपाधि आफ्नै टिमले पाउने दाबी गरिन् । यस्तै क्याप्टेन अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै आफूहरु जित्नको लागि खेल्न लागेको प्रतिक्रिया दिइन् । नेपालगन्जमा भएको यो प्रतियोगिताले महिला खेलाडीलाई मात्र नभई समग्र खेलप्रेमीहरुलाई हौसला जगाएको उनले बताइन् । उनले आफ्नो टिमलाई सशस्त्र प्रहरी संगठनबाट सधैं उच्च मनोबलका साथ खेल्ने हौसला प्राप्त भएको बताइन् । संगठनको हौसला र छनौटकै कारण एपीएफ क्लवले सफलता पाउँदै गएको बताइन् । नेपालगन्जको खेल मैदान अझै खेल मेत्री बनाउनु पर्नेमा उनले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइन् ।

नेपाल पुलिस क्लबका कोच सुमन सुवेदीले खेल जित्नको लागि आफ्नो टिमको तर्फबाट उपाधि जित्न अधिकतम प्रयास रहने बताए । एपीएफ टिम शसक्त टिम भएको बताउँदै उनले खेलमा जस्ले पनि जित्न सक्ने बताए । राम्रो भनेको टिमले पनि कहिलेकाही नराम्रो खेल्न सक्न । अनि नराम्रो भनेको टिमले राम्रो पनि खेल्न सक्छ । ” उनले भने ।

कप्तान निरु थापाले घरेलु मैदानमा आएर फाइनल खेल खेल्ने सपना पुरा भएजस्तै खेल जित्ने सपना पनि पुरा हुने दृढता ब्यक्त गरिन् । फुटबल खेलमा महिला खेलाडीहरुको सहभागिता बढाउनका लागि नियमित तालिम तथा आवश्यक पर्ने ब्यबस्थापकिय कामहरु गर्नुपर्ने खेल सम्बद्धहरुलाई सुझाव दिइन् । आफ्नै गृह जिल्लामा फुटबल प्रति जनचासो कम भएको प्रति भने थापाले चिन्ता प्रकट गरिन् ।

आजको कार्यक्रममा म्याच कमिसनर प्रदेश सिंह राठौर ,म्याच कोर्डिनेटर कमल खत्री ,अन्तरालका कार्यकारी जयनारायण शाह ,एन्फा बाँकेका अध्यक्ष भोजराज शाहीलगायत आयोजक टिमको सहभागीता रहेको थियो ।

भोली हुने फाइनल खेलको प्रतिस्पर्धी एपीएफ क्लबले कर्णालीलार्ई ६—० गोल अन्तरले र रौतहटलाई ३ —० ले हराउदै फाइनल यात्रा तय गरेको हो । यसैगरी नेपाल पुलिस क्लबले भारतीय टीम सिलुगुडीलाई ४—० ले र भत्रभुवन आर्मीलाई सडन डेथमा हराएर फाइनल यात्रा तय गरेको हो ।
एपीएफ क्लब र नेपाल पुलिस क्लब बीच हुने फाइनल खेल भोली शुक्रबार दिउसो ३ बजे सुरु हुने मिडिया संयोजक निरज गौतमले जानकारी दिए ।

अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा जारी प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिम सहभागि भएर प्रतिस्पर्धा गरेका हुन । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टिम सहभागी भए ।
प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ३ : ५५ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३