२ बैशाख २०८३, बुधबार | April 15, 2026

लुम्बिनी कप महिला फुटबल : एपीएफ क्लब फाइनलमा प्रवेश



नेपालगन्ज । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रौतहट फुटबल सँगको टोलीलाई ३–० गोल अन्तरले स्तब्ध पार्दे एपीएफ क्लब फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाप सकिदा सम्म दुबै टीमबाट गोल हुन सकेन ।

एपीएफको तर्फबाट दोस्रो हाफको ७३ औ मिनेटमा अनिता केसीले एक गोल गरीन । अनिताको एक गोलले एपिएफलाई उर्जा मिलेको देखिन्थ्यो भने रौतहटले पनि कडा चुनौती दिइरहेको थियो । दोस्रो हापको ८० औ मिनेटमा एपीएफकै निशा ठोकर र ९० औ मिनेटमा सबिता राना मगरले १–१ गोल गरे । थप गरीएको ३ मिनेट अतिरिक्त समयमा पनि रौतहटले कुनै गोल गर्न सकेन ।

खेलमा म्यान अफ द म्याच एपीएफकी अनिता केसी भइन् । अनितलाई शसस्त्र प्रहरी जवान शिक्षालयका वरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ र जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष शन्दिप जंग शाहले नगर रु ५ हजार हस्तान्तरण गरेर हौसला प्रदान गरेका थिए । आजको खेल नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट ,नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी र बास नेपालका अध्यक्ष शिव कुमार बर्माले बल हस्तान्तरण गरेपछि सुरु भएको थियो । आजको मुख्य रेफ्रिमा कृति सेन रहेका थिए भने सहायक रेफ्रिहरुमा जमुना आले ,अमर घले र कृष्ण खत्री रहेका थिए।

रौतहटका क्याप्टेन सलोनी मगरले डिफेन्स र किपरको कम्युनिकेशन नमिल्दा जित हासिल गर्न नसकेको बताइन् । उनले विभागीय बाहेकको टिम भएको भए सहज जित हुने दाबी समेत गरीन् । यस्तै कोच भोजराज घिमिरेले आफुहरुको प्रतिस्पर्धा प्राय विभागीय टिम संगै पर्ने भएकाले विभागीय बाहेक पनि प्रतिस्पर्धा गराउन आयोजकलाई अनुरोध गरेका छन् ।

यसैगरी एपीएफका कोच भगवती थापाले फाइनल खेलेर जितेरै जाने उदघोष गरेकी छिन् । साथै थापाले विभागीय बीच हुने प्रतिस्पर्धा कडा हुने आँकलन गरेकी छिन । यस्तै क्याप्टेन अनिता बस्नेतले एक अर्काबीच स्कोरको कम्युनिकेशन नमिलेकाले थुप्रै पटक गोल गर्नबाट आफूहरु बन्चित रहेको बताइन् । साथै उनले रौतहट टिमलाई खुलेर प्रशंसा समेत गरीन् ।

एपीएफले अब उपाधिका लागि शुक्रबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्ने छ । पुलिसले मङ्गलवार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गरेर फाइनल यात्रा तय गरेको थियो । फाइनल खेल दिउसो ३ बजे सुरु हुने मिडिया संयोजक निरज गौतमले जानकारी दिए ।

प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिम सहभागि भएर प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टिम सहभागी भए ।

अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा जारी प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : २९ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले