७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै



चितवन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ की २९ वर्षीया टीका विष्ट क्षेत्रीको चितवनमा उपचार भइरहेको छ ।

बुटवलमा खाजा घर सञ्चालन गर्दैआएकी उनीमाथि शनिबार बिहानै गोली प्रहार भएको थियो । उनलाई बुटवलमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज ल्याइएको थियो । अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालका अनुसार क्षेत्रीको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न प्रा डा अनिल आचार्यका अनुसार पछाडिको भागबाट लागेको गोलीले उनको कलेजो र फोक्सोमा चोट पु¥याएको छ । गोली शरीरभित्रै रहेको उनले बता्ए ।

डा आचार्यले भने, “चार पाँच दिन बिरामीको अवस्था हेरेपछि मात्रै गोली र छर्रा निकाल्ने, शल्यक्रिया गर्ने वा नगर्ने निक्र्योल हुन्छ ।” बिरामीको अवस्था स्थिर रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ९ : ४५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११