६ बैशाख २०८३, आइतबार | April 19, 2026

पार्टीभित्र रहेको गुटबन्दी हटाउन नेता कार्यकर्ता एकजुट हुनु जरूरी छ : अध्यक्ष प्रचण्ड



मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र रहेको गुटबन्दी हटाउन नेता कार्यकर्ता एकजुट हुनु जरूरी रहेको बताएका छन् ।

माओवादी केन्द्र विराटनगर महानगर कमिटीको दोस्रो सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले एकताबद्ध भएर लागेकै कारण यस क्षेत्रमा भएको उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजय हासिल गरिएको बताए ।

अध्यक्ष प्रचण्डले माओवादीको १८ महिने शासनकालमा भ्रष्टाचारविरुद्धको अभियानले पार्टीप्रति ठूलो आशा जगाएको भन्दै पार्टीको सङ्कल्पअनुसार जनताले देख्ने, बुझ्ने गरी सुशासन, सामाजिक न्याय र समृद्धिका लागि काम गर्नुपर्ने बताए ।

उनले पार्टीले सञ्चालन गरेको हुलाकी सडक अभियानमा जनताको ठूलो उत्साह, सहभागिता र लहर आएकाले यसलाई सङ्गठनमा रूपान्तरण गरी आगामी निर्वाचनमा विजय हासिल गर्न लाग्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले विराटनगरको चक्रपथ सम्पन्न गर्न, सुकुम्वासी समस्या समाधान, अन्तरराष्ट्रिय क्रिकेट खेलमैदान र पर्यटन विकासमा पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नगर अध्यक्ष नवीन पौडेल, पूर्वमन्त्री अमनलाल मोदी, पार्टीका कोशी प्रदेश इन्चार्ज हरिवोल गजुरेल, केन्द्रीय सदस्य शिवकुमार मण्डल, प्रदेश अध्यक्ष हर्क नेम्वाङलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : ३२ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका