५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री ओली र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकासबारे छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेट भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओली र मुख्यमन्त्री शाहबिच भेट भएको हो ।

भेटमा सुदूरपश्चिम प्रदेशको विकासका सन्दर्भ कुराकानी भएको थियो । मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा विकास सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री ओलीलाई सोही अवसरमा जानकारी गराएका थिए ।

उनले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । भेटमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल उपस्थित थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १२ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको