२९ चैत्र २०८२, आइतबार | April 12, 2026

आईपीएल : कोलकाताविरुद्ध गुजरातको सहज जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार रातिको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सविरुद्ध सहज जित निकालेको छ । सुरुमा ब्याटिङ गरेको गुजरातले कोलकातालाई ३९ रनले हराएको हो ।

कप्तान सुभमन गिल र साई सुदर्शनको अर्धशतकमा गुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो ।

कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक ५० रन बनाए । आन्द्रे रसेल २१, रिन्कु सिंह १७ र सुनील नारायण १४ रनमा आउट हुँदा अंगक्रिस रघुवंशी २७ रनमा नटआउट रहे । गुजरातका प्रशिद्ध कृष्ण र राशिद खानले समान दुईदुई विकेट हात पारे भने मोहम्मद सिराज, इशान्त शर्मा, वासिंटन सुन्दर र साई किशोरले एकएक विकेट लिए ।

इडेन गार्डेन्समा टस हारेर सुरुमा ब्याटिङ थालेको गुजरातले मात्र तीन विकेट गुमाउँदै १९८ रन बनाएको थियो । गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ९० रन बनाए । ५५ बलको सामना गरेका उनले १० चौका र तीन छक्का हिर्काए । साई सुदर्शनले ५२ रन बनाउँदा ६ चौका र एक छक्का प्रहार गरे । उसका लागि जोश बटलरले अविजित ४१ रन जोडे ।

कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेललले एकएक विकेट हात पारे । यो जितसँगै आठ खेलबाट १२ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ भने कोलकाताको समान खेलबाट ६ अंक मात्र छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : २३ बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय