६ श्रावण २०८३, बुधबार | July 22, 2026

भारतीय विद्युतमन्त्री खट्टर काठमाडौं आइपुगे



काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलबार नेपाल आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज बिहान दुईदिने भ्रमणका लागि नेपाल आएका हुन् ।

गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

विद्युत्मन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा-बसन्तपुर-बानेश्वर-तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

खट्टरले आजै भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्नेछन् । दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माण कम्पनीको सम्झौतापत्रमा पनि हस्ताक्षर हुनेछ ।

खट्टरले बुधबार मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । विद्युतमन्त्री खट्टरले सोही दिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ९ : ३७ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज