काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा अन्ततः बैशाख २१ गतेसम्म सरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेको हो ।
वैशाख ११ का लागि तय भएको परिक्षा स्थगित भएको जानकारी दिदैँ बोर्डका अध्यक्ष महाश्रम शर्माले निर्धारित तालिका अनुसार नै परीक्षा हुने गरि १० दिन पछि सारिएको बताए ।
बिगत २१ दिन देखी आन्दोलनमा उत्रिएको शिक्षकहरूले परिक्षामा सामेल नहुने लिखित रूपमा जानकारी गराएको केही घन्टामा नै परिक्षा बोर्ड आफ्नो निर्णयवाट पछि हटेको हो ।
शिक्षक आन्दोलनको दबाब झेल्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजोमात्र राजीनामा दिएकी थिइन् । राजीनामाको भोलीपल्ट सरकारले बाध्य भएर परीक्षा रोक्नु पर्ने अवस्थामा पुगेको हो ।


















प्रतिक्रिया