२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईपीएल : लखनउलाई दिल्लीले आठ विकेटले हरायो



काठमाडौं । इन्डियन प्रियिमयर लिग (आईपीएल)मा दिल्ली क्यापिटलले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराएको छ । यो संगै दिल्लीको प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ । १६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा १६१ रन बनाएको हो ।

दिल्लीका लागि लोकेश राहुल (केएल)ले ५७ रन बनाए । ४२ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का प्रहार गरे । उनले कप्तान अक्षर पटेलसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । पटेलले २० बलमा ३४ रन जोडे । प्रारम्भिक ब्याटर अभिषेक पोरेलले ५१ रन जोडे । लखनउका आइडन म्याक्रमले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । पहिलो १० ओभरमा ८७ रन बनाउँदै १ विकेट गुमाएको लखनउलाई कम योगफलमा सीमित गर्ने क्रममा दिल्लीका मुकेश कुमारले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए ।

लखनउका म्याक्रमले ३३ बलमा ५२ रज जोडे । मिचेल मार्सले ३६ बलमा ४५ रनको योगदान गरे । आयुश बडानीले २१ बलमा ३६ रन बनाए । सातौँ क्रममा झरेका ब्याट्सम्यान ऋषभ पन्त दुई बलमा कुनै रन नजोड्दै आउट भए । उनले पारीको अन्तिम दुई बल सामना गरेका हुन् । दिल्ली ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ भने लखनउ ९ खेलमा १० अङ्कसहित पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : २१ बजे

नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले हामीलाई उभ्याएको छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो