४ पुस २०८२, शुक्रबार | December 20, 2025

जम्मू-कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली बुटवल १४ का सुदिप न्यौपाने



बुटवल । भारतको जम्मू-कश्मीरमा मंगलबार भएको आतंकवादीको आक्रमणबाट मृत्यु हुने नेपाली युवा बुटवलका रहेकोे पुष्टि भएको छ ।

जम्मू-कश्मीरस्थित पहलगाममा पर्यटकको समूहमाथि मंगलबार आतंकवादीको आक्रमणमा परि बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का अन्दाजी २७ वर्षीय सुदिप न्यौपाने रहेको सोही वडाका वडा अध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए ।

वडा अध्यक्ष न्यौपाने र मृतक सुदिप नातामा काका भतिज हुन् । वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दुकधारीहरुको उक्त समुहले बाटोमा हिड्दै गरेका सुदिपलाई कुन धार्मिक समुहको हो भन्दै सोधेपछी एकाएक गोली हानेको थियो । आमासँग बुटवल ११ कालिकानगरमा बस्दै आएका सुदिपले धरानमा पब्लिक हेल्थ अध्ययन गर्दै आएका थिए ।

गत शनिबार आमा रिमा पाण्डे, दिदि सुश्मा र भिनाजु उज्ज्वल काफ्ले सहित घुम्न भन्दै कस्मिर गएका सुदिपमाथी आतंकवादीहरुले अचानक आक्रमण गरेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए ।

मृतक सुदिपको शवलाई बुधबार नेपाल ल्याउने तयारी गरिएको उनले बताए । शवलाई कस्मीरबाट दिल्ली र दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ, अहिले म काठमाडौ जाँदै छु,’ वडा अध्यक्ष न्यौपानेले भने ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको