२ श्रावण २०८३, शनिबार | July 19, 2026

भृकृटीमण्डपमा एमालेको ‘युथ सेलिब्रेशन’



काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा आज नेकपा (एमाले)ले काठमाडौंको भृकुटीमण्डपमा युवा उत्सव (युथ सेलिब्रेशन)को आयोजना गरेको छ ।

जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले यो उत्सव मनाएको छ । स्वदेशमा रोजगारी र समृद्धिका लागि युुवाहरुका लागि अवसर छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौंमा भेला भएका छन् । एमालेनिकट युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४० वर्ष मुनीका करिब एक लाख युवा सहभागी हुने दाबी गरेका छन् । कार्यक्रमलाई प्रधानमन्त्री एवं एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गर्ने र काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलसहित अन्य वक्ता सबै युवा छन् ।

कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन गरिएका छन् । कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानको स्टलसमेत राखिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १ : ३५ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल