१३ पुस २०८२, आइतबार | December 28, 2025

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु



दाङ । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए ।

फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा धेरै १०-१० जनाको मृत्यु भएको छभने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ । बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन-तीन जनाको मृत्यु भएको छभने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताए । साथै दुर्घटनाबाट सात सय ४५ जना घाइते भएका छन् ।

दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । ६० प्रतिशत मोटरसाइकल दुर्घटना नै हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक, ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन् । सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ८ : ३४ बजे

मेयर बालेन दुई साताभित्र पदबाट राजीनामा दिने तयारीमा, संसदीय राजनीतिमा होमिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।