२६ कार्तिक २०८३, बिहिबार | November 13, 2026

सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह



काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन आग्रह गरेका छन् ।

टर्कीको इस्तानबुलमा अप्रिल २१ देखि २३ सम्म आयोजित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा)को वार्षिक सम्मेलनमा सहभागी हुने क्रममा सिइओ जोशीले काठमाडौंमा हुने जलवायु परिवर्तन र दिगो भविष्यसम्बन्धी अन्तरराष्ट्रिय छलफलमा विश्वव्यापी नेतृत्व र विज्ञहरूलाई सहभागी हुन आमन्त्रण गरेको पर्यटन बार्डले जनाएको छ ।

सम्मेलनका क्रममा पर्टन बोर्ड र पाटाबीच साझेदारी सम्झौतासमेत सम्पन्न भएको बोर्डले जनाएको छ । जसअन्तर्गत ‘टुरिजम ह्वाइट पेपर’ निर्माण, संयुक्त फोरम स्थापनाका साथै संस्था सुदृढीकरणका कार्यक्रममा सहकार्य गरिनेछ ।

त्यसैगरी सिइओ जोशीले विश्व पर्यटन समुदायलाई विशेष अपिल गर्दै २०२५ जुन ३ देखि ५ सम्म काठमाडौँमै हुने हिमालयन ट्राभल मार्टमा पनि सहभागी हुन अन्तरराष्ट्रिय खरिदकर्ता र पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् ।

उक्त मार्टमार्फत नेपालको विविध पर्यटन सम्पदाको प्रवद्र्धन गर्नुका साथै विश्वव्यापी सहकार्य सञ्जाल विस्तार गर्ने उद्देश्य राखिएको छ । “हिमालयन ट्राभल मार्ट केबल व्यापारिक भेला होइन, यो नेपालले दिनसक्ने अद्वितीय, अर्थपूर्ण र दिगो अनुभवहरूको उत्सव हुनेछ”, बोर्डको सिइओ जोशीले भने।

‘सदाका लागि ज्ञान, भविष्यका लागि दिगोपन’ भन्ने मूल नाराका साथ सम्पन्न पाटाको वार्षिक सम्मेलनमा नेपालका तर्फबाट ‘दिगो भविष्य निर्माण’ विषयमा मन्तव्य दिँदै सिइओ जोशीले नेपालको इको–टुरिज्म मोडल, समुदाय–आधारित पर्यटन अभ्यास र प्रमुख दिगो पहलका बारेमा जानकारी गराएका हुन् । उनले नेपालको प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतामा आधारित पर्यटन विकासको दृष्टिकोणसमेत प्रस्तुत गरे ।

बोर्डको प्रतिनिधिमण्डलले ‘ग्लोबल सस्टेनेबल टुरिजम् काउन्सिल’ का प्रमुख कार्यकारी अधिकृत डा ¥याण्डी डब्र्यान्डसँगको छलफलमा गन्तव्य प्रमाणीकरण, सदस्यता, अनुसन्धान तथा क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य विस्तार गर्ने सहमति भएको सिइओ जोशीले जानकारी गराएका छन् ।

सम्मेलन अवधिभर बोर्डको प्रतिनिधिमण्डलले पर्यटन विज्ञ, तथ्याङ्क वैज्ञानिक, आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० विशेषज्ञ तथा वातावरणविद्हरूसँग विभिन्न छलफल र बैठकहरू गरेको छ । सम्मेलनका क्रममा नेपालको पर्यटन क्षेत्रलाई दिगो, तथ्यमा आधारित र विश्वसनीय गन्तव्यका रूपमा पुनःस्थापना गर्ने रणनीतिलाई सुदृढ गर्ने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ३६ बजे

भीमफेदी दुर्घटना : गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

हेटौँडा । अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही

एनपीएल तेस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बन्यो लुम्बिनी लायन्स

काठमाडौं । कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनी लायन्स

सी चिनफिङको चेतावनी – ‘ताइवानको पृथकतावादी गतिविधिलाई कुनै छुट दिईंदैन

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले ताइवानलाई चीनमा पूर्ण एकीकरण