९ श्रावण २०८३, शनिबार | July 25, 2026

लुम्बिनीमा भोलीदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार

फेस्टिबलको उद्घाटनका लागि प्रधानमन्त्री ओली लुम्बिनी आउँदै



लुम्बिनी । लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार हुन लागेको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिबल लुम्बिनीमा आयोजना गरिएको हो ।

बैशाख १३ र १४ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । फेस्टिबल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिबलको समन्वय सारीपुत्र फाउण्डेसनले गरेको छ ।

नेपाल र चीनबीचको कला सांस्कृति प्रवद्र्धनको उद्देश्यसहित फेस्टिबल हुन लागेको हो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।

फेस्टिबलमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । बिहान ८ बजेदेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा फेस्टिबल शुरु हुने जनाइएको छ । फेस्टिबलमा ५ हजार बढीको सहभागिता रहने बताइएको छ ।

अन्तर्राष्ट्रिय सेमिनार भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ । विश्वविद्यालयको मेत्ता हलमा हुने सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले गर्ने कार्यक्रम रहेको छ ।

सेमिनारमा ४० वटा कार्यपत्र प्रस्तुत हुने सेमिनार संयोजक डा। सागर न्यौपानेले जानकारी दिए । बौद्ध सांस्कृति, चिनियाँ सांस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर सेमिनारमा कार्यपत्र प्रस्तुत हुने न्यौपानेको भनाई छ ।

सेमिनार शनिबार दिउँसो १ बजेबाट शुरु भई आइतबार ५ बजे सकिने बताइएको छ । कार्यपत्रमध्ये ३२ वटा विदेशी विज्ञहरुको रहेको जनाइएको छ ।

फेस्टिबल अन्तर्गत अन्र्तराष्ट्रिय ध्यान केन्द्रमा सांस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी हुनेछ । मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको सारिपुत्र फाउन्डेनले जनाएको छ ।

यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक फेस्टिवल कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने योजनासहित यो पटक लुम्बिनीमा फेष्टिबल आयोजना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : २२ बजे

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको