२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लुम्बिनीमा भोलीदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार

फेस्टिबलको उद्घाटनका लागि प्रधानमन्त्री ओली लुम्बिनी आउँदै



लुम्बिनी । लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार हुन लागेको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिबल लुम्बिनीमा आयोजना गरिएको हो ।

बैशाख १३ र १४ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । फेस्टिबल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिबलको समन्वय सारीपुत्र फाउण्डेसनले गरेको छ ।

नेपाल र चीनबीचको कला सांस्कृति प्रवद्र्धनको उद्देश्यसहित फेस्टिबल हुन लागेको हो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।

फेस्टिबलमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । बिहान ८ बजेदेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा फेस्टिबल शुरु हुने जनाइएको छ । फेस्टिबलमा ५ हजार बढीको सहभागिता रहने बताइएको छ ।

अन्तर्राष्ट्रिय सेमिनार भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ । विश्वविद्यालयको मेत्ता हलमा हुने सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले गर्ने कार्यक्रम रहेको छ ।

सेमिनारमा ४० वटा कार्यपत्र प्रस्तुत हुने सेमिनार संयोजक डा। सागर न्यौपानेले जानकारी दिए । बौद्ध सांस्कृति, चिनियाँ सांस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर सेमिनारमा कार्यपत्र प्रस्तुत हुने न्यौपानेको भनाई छ ।

सेमिनार शनिबार दिउँसो १ बजेबाट शुरु भई आइतबार ५ बजे सकिने बताइएको छ । कार्यपत्रमध्ये ३२ वटा विदेशी विज्ञहरुको रहेको जनाइएको छ ।

फेस्टिबल अन्तर्गत अन्र्तराष्ट्रिय ध्यान केन्द्रमा सांस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी हुनेछ । मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको सारिपुत्र फाउन्डेनले जनाएको छ ।

यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक फेस्टिवल कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने योजनासहित यो पटक लुम्बिनीमा फेष्टिबल आयोजना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : २२ बजे

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क