९ श्रावण २०८३, शनिबार | July 25, 2026

नेकपा एस बुटवल उपमहानगरको अधिवेशन भोली

सुशासन र रोजगारी मुख्य ऐजेन्डा बनाऔं : केन्द्रीय सदस्य भट्टराई



बुटवल । नेकपा (एकीकृत समाजवादी ) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । २०७८ सालमा विद्रोहबाट जन्मिएको समाजवादीले उपमहानगरको दोस्रो अधिवेशन गर्न लागेको हो ।

शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उपमहानगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनको पार्टीका केन्द्रीय सचिव तथा पुर्वमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर अध्यक्ष चिनबहादुर गुरूङले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले ठूला भनिएका दलहरुकै कारण मुलुकमा यथास्थिती र पुर्नउत्थानबादी शक्तिहरु सलबलाउन थालेको बताए । सत्तासिन दलहरुको असफलता र अर्कमण्यका कारण पुर्नउत्थानवादी शक्तिहरुले असन्तुष्टहरुबाट शक्ति सञ्चय गर्न कोसिस गरेको बताए । उनले दलहरुविच ऐजेन्डाका आधारमा गठबन्धन गर्ने र सरकारमा पनि सोही अनुसार जानुपर्नेमा अहिले स्वार्थ केन्द्रीत भएको बताए । जनताको आवश्यकता र जनजिविकाका सवालमा मुख्यसत्तासिन दलहरुले ध्यान नदिदा नागरिकमा असन्तुष्टि बढेको उनको भनाई छ ।

केन्द्रीय सदस्य भट्टराईले मुलुकमा देखा परेको राजनीतिक संकटबाट अगाडि बढ्नका लागि अब सुशासन र रोजगारी नै प्रमुख ऐजेन्डा हुनुपर्ने बताए । उनले नेकपा एकिकृत समाजवादीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मुद्धालाई स्थापित गर्ने गरी आन्दोलनको तयारीमा रहेको समेत बताए । उनले सुशासन र रोजगारीका लागि सम्पूर्ण शक्तिहरुलाई एकिकृत गरी राष्ट्रिय सम्मेलन मार्फत आफूहरुले आन्दोलनको नेतृत्व गर्ने बताए । ‘हामी आन्दोलनको चरणमा छौं, हामी सबै क्षेत्रबाट सुझाव लिएर सुशासन र रोजगारीका बिषयमा सबैलाई एकजुट बनाएर जाने तयारीमा छौं’ उनले भने ।

उक्त अवसरमा बुटवल उपमहानगरपालिकाका १९ वटा वडाबाट ६५४ प्रतिनिधिहरुले पार्टीको नेतृत्व चयन गर्ने जानकारी दिइएको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ जना गरी ६३ सदस्यीय उपमहानगर कमिटि चयन गरिने सचिव लोकराज शर्माले बताए । पत्रकार सम्मेलनमा स्वागत गर्दै पार्टीका नगरउपाध्यक्ष रुक्माङगत घिमिरेले उपमहानगर कमिटिको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए ।

पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटि सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ४० बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा