११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

माछापुच्छ्रे बैंक र कुवेत स्थित अलमुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता



काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले कुवेत स्थित अलमुजैनी एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेत स्थित अलमुजैनी एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।

बैंकले बैशाख ११ (विहिबार)का दिन कुवेतमा औपचारिक कार्यक्रमको आयोजनागरि अलमुजैनी एक्सचेन्जसंग औपचारिक रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन के.सीको उपस्थतिमा सम्पन्न उक्त औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेत स्थित अलमुजैनि एक्चेन्जका महाप्रवन्धक हग फ्रेण्डेजबीच एकआपसमा सम्झौतापत्र हस्तान्तरण गरे । कुवेत स्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदूत सुजनी राणाको प्रमुख आतिथ्तामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा गैर आवासिय नेपाली संघ कुवेत का अध्यक्ष रणध्वज लामालगायत गैर आवासिय संघका प्रतिनिधिहरु, कुवेत स्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनीक गरिएको थियो । बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गरेको कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष के.सी एंव कुवेत स्थित नेपाली राजदूतावासका लागि कार्यबाहक राजदूत राणाले संयुक्तरुपमा सार्वजनीक गरेका थिए । सार्वजनीक गरिए पश्चात उक्त गीत बैंकले आफ्ना सम्पूर्ण सामाजिक सञ्जालहरुमा प्रशारण÷प्रकाशन गर्ने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले कुवेतमा सेवा सुरुवात गरे पश्चात अव कुवेतमा रहेका नेपालीहरुले कुवेत स्थित अलमुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखा रहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार अलमुजैनी एक्सचेन्जबाट पठाएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्माहुने व्यवस्था मिलाएको छ ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जालतथा २०४ वटा एटीएमहरु मार्फत १७ लाखभन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ९ : १६ बजे

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा