११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

आईपीएल : चेन्नईको मैदानमा सनराइजर्सको पहिलो जित



काठमाडौं । सन राइजर्स हैदरावादले शुक्रबार चेन्नई सुपर किङ्सको मैदानमा अहिलेसम्मकै पहिलो जित हात पारेको छ ।

शुक्रबार कामिन्डु मेन्डिस र हर्सल पटेलको सानदार प्रदर्शन गरेको खेलमा हैदरावाद चेन्नईविरुद्ध पाँच विकेटले विजयी भएको हो । पहिलो पटक चेन्नईका लागि खेली रहेका डेवाल्ड ब्रेभिस र टोलीका कान्छा खेलाडी आयुष माथ्रेले भने राम्रो प्रदर्शन गरे ।

हैदरावादले चेन्नईले दिएको १५५ रनको लक्ष्य ८ बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । हैदरावादका इशान किसनले ४४ रन जोडे भने मेन्डिसले अविजित रहँदै २२ बलमा ३२ रनको योगदान गरे ।

चेन्नईका लागि नुर अहमदले चार ओभरमा ४२ रन खर्चेर दुई विकेट लिए भने अन्सुल खम्बुजले ३ ओभरमा १६ रन खर्चेर एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १५४ रनमा सीमित भएको थियो । उसका लागि ब्रेभिसले ४२ तथा माथ्रेले ३० रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।

हैदरावादका पटेलले चार ओभरमा २८ रन खर्चेर चार विकेट हात पारे । उनी प्लेयर अफ द म्याच बने । विजयी हैदरावाद ६ अङ्कसहित आठौँ स्थानमा छ भने पराजित चेन्नई चार अङ्कसहित पुछारमा छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : १४ बजे

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा

धादिङ बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २

तोलामा ३२ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि उकालो लागेको

दुई समुदायबीच झडपको आशंकापछि वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौँरवीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक