१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आईपीएल : दिल्लीलाई हराउँदै आरसिबी शीर्ष स्थानमा



काठमाडौं । क्रुनाल पाण्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी)ले दिल्ली क्यापिटललाई हराउँदै यस सिजनको आईपीएलमा प्ले अफ सम्भावना बलियो बनाएको छ । यो जितसँगै आरसिबी आईपीएल तालिकाको शीर्ष स्थानमा पुगेको छ । १० मा सात खेल जितेको आरसिबीको १४ अंक छ ।

आइतबार भएको खेलमा बंग्लोरुले दिल्लीलाई ६ विकेटले हराएको हो । १६३ रनको लक्ष्य पछ्याएको बंग्लोरुले ९ बल बाँकी रहँदा चार विकेटको क्षतिमा १६५ रनको योगफल खडा गरेको हो ।

२६ रनमा तेस्रो विकेट गुमाएपछि ब्याटिङ गर्न आएका पाण्डेले अविजित रहँदै ४७ बलमा ७३ रन जोडेका थिए । उनले विराट कोहलीसँग मिलेर चौथो विकेटका लागि ११९ रनको साझेदारी गरे । कोहलीले ४७ बलमा ५१ रन जोडे । टिम डेभिडले अविजित रहँदै ५ बलमा १९ रन जोडे। दिल्लीका कप्तान अक्षर पटेलले ४ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दिल्लीले आठ विकेटको क्षतिमा १६२ रन जोडेको थियो । दिल्लीका लागि के एल राहुलले सर्वाधिक ४१ रन जोडे । धिमा गतिमा खेलेका उनले ३९ बलको सामना गरेका थिए । ट्रिस्टयन स्टब्सले १८ बलमा ३४ रन जोडे ।

आरसिबीका भुवनेश्वर कुमारले चार ओभरमा ३३ रन खर्चेर तीन तथा जोस हजेलउडले चार ओभरमा ३६ रन खर्चेर दुई विकेट लिए । पाण्डेले चार ओभरमा २८ रन खर्चेर एक विकेट लिए । किफायती बलिङ गरेका सुयास शर्माले चार ओभरमा २२ रन मात्र खर्चिए ।

१० खेलमा १४ अङ्क सहित आरसिबी शीर्ष स्थानमा उक्लिएको हो। ९ खेलमा १२ अंक बनाएको दिल्ली तालिकाको चौथो स्थानमा छ । गुजरात र मुम्बईको समान १२ अंक भए पनि रनरेटका आधारमा अगाडि छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ११ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’