२ बैशाख २०८३, बुधबार | April 15, 2026

आज काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस



काठमाडौं । आज काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदैछ । यस वर्ष ‘स्वास्थ्य र सुरक्षामा क्रान्तिः काममा कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको भूमिका’ नाराका साथ यो दिवस मनाइँदैछ ।

सन् २००३ मा विश्व श्रम सङ्गठन (आईएलओ)को आह्वानमा कार्यस्थलमा हुनसक्ने दुर्घटना तथा रोगको रोकथाममा जोड दिने उद्देश्यले यो दिवस मनाउन लागिएको हो । यो दिवस विश्व श्रम सङ्गठनको व्यावसायिक सुरक्षा र स्वास्थ्यसम्बन्धी विश्व रणनीतिको एक हिस्सा हो । कार्यस्थलको सुरक्षा र स्वास्थ्यलाई कसरी सुनिश्चित गर्ने भन्नेबारे जनचेतना फैलाउने र यस विषयलाई राजनीतिक प्राथमिकता ल्याउने महत्त्पूर्ण उपकरणका रुपमा विश्व सुरक्षा तथा स्वास्थ्य दिवसलाई प्रयोग गरिन्छ ।

आजको डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल उपकरणहरूले कार्यस्थलमा स्वास्थ्य र सुरक्षाको परिभाषा नै परिवर्तन गरिरहेका छन् । रोबोटहरू प्रयोग भइरहेका छन् । जसले भारी काम, विषालु पदार्थको व्यवस्थापन तथा अत्यधिक तापक्रममा कामजस्ता जोखिमपूर्ण कार्यहरू गरिरहेका छन् । डिजिटल उपकरण र सेन्सरहरूले खतरा पहिचान गर्न सक्ने क्षमता राख्छन्, जसले सुरक्षामा उल्लेखनीय सुधार ल्याएको छ । तर यिनको सही नियमन र सुरक्षात्मक उपायहरू अपनाउन भने जरुरी छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ३३ बजे

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार