५ श्रावण २०८३, मंगलबार | July 21, 2026

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफर बीच रेमिट्यान्स सेवा सम्झौता



काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथाविश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ«े बैंक लि. ले मलेसियास्थित सि.बि.एल.मनी ट्रान्सफरसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ«े बैंक लि. ले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहजहोस् भन्ने लक्ष्यका साथ मलेसिया स्थित सि.बि.एल.मनी ट्रान्सफरसंग सहकार्य गर्दै आज (सोमबार) देखि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।

रेमिट्यान्स सम्बन्धि सम्झौतापत्रमा सि.बि.एल.मनीट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंक लि. का नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पछि अब मलेसियामा रहेका नेपालीहरुले मलेसिया स्थित सि.बि.एल.मनी ट्रान्सफरका १५ वटा शाखा, र सि.बि.एल.मनी ट्रान्सफरको सिटी रेमिट एपबाट एमबिएल रेमिट गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्गसेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार सि.बि.एल.मनी ट्रान्सफर र सिटी रेमिट एपबाट एमबिएल रेमिट गरि पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था माछापुच्छ्रे बैंकले मिलाएको छ । मलेसियामा रहेका नेपालीका मदारहरूको सुबिधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङएप को सेवा पनि उपलब्ध गराएको छ ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंकका नेपालमा १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १० : ११ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत