काठमाडौं। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता भैरहेको छ ।
हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो २ः०० बजेबाट शिक्षामन्त्रालयमा पुनः वार्ता सुरू भएको हो ।
नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ । दोस्रो चरणमा भने संसदवाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।
यद्दपी, वार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजेदेखि नयाँ बानेश्वर–माइतीघर खण्डमा जारी राखेको अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले जानकारी दिए ।
प्रतिक्रिया