५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बुटवल उपमहानगरद्वारा सालको पात बेच्ने, मकै पोल्ने र ईरिक्सा चलाउने ३० महिलालाई नगदसहित सम्मान



बुटवल । अन्तराष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका विभिन्न स्थानमा अटो रिक्सा चलाउने महिला, सालको पात विक्रि गर्ने महिला र मकै पोलेर विक्रि गर्दै गुजारा गर्दै आएका श्रमिक महिलालाई नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरी नगद सहित सम्मान गरिएको छ । ३० जना महिला श्रमिकलाई नगद १०/१० हजार सहित सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले श्रमिक दिवसको अवसर पारेर महिलाहरुको श्रमको सम्मानको रुपमा आर्थिक सहयोग सहित सम्मान गरिएको जानकारी दिए । गत बर्ष पनि सोही अनुसार तीन वटा श्रम विषयमा १०/१० जना महिलालाई सम्मान गरिएको जानकारी दिँदै नगर प्रमुख पाण्डेयले यो वर्ष पनि ३० जना र अर्को पनि पनि ३० जनालाई नियमित रुपमा सम्मान गरिने बताएका थिए । बुटवल उपमहानगरपालिका सबैको साझा पालिका भएको अपनत्व निर्माणको लागि पनि पालिकाले यो कार्यक्रमा नगरसभाबाट निर्णय गरेर कार्यान्वयन गरिएको नगर प्रमुख पाण्डेयको भनाई छ ।

बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले अव महिला श्रमिकलाई उद्यमशंग जोड्ने गरी काम गर्नको लागि नगरपालिका तयार रहेको भन्दै सोही अनुसार योजना बनाएर लाग्नको लागि महिला श्रमिकलाई आग्रह गरिन् । अहिले पनि जंगल गएर सालको पात टिपेर बजारमा ल्याएर गुजारा गर्दै आएका महिलाश्रीमलाई दुना, टपरी, बौता खुट्ने तालिम समेत नगरपालिकलो निःशुल्क रुपमा उपलब्ध गराउने योजना रहेको भन्दै यसको पनि राम्रो बजार भएको बताईन् । उनले सालको पात विक्रि गर्दै गर्दा संगै बौता, टपरी, दुना पनि विक्रि गर्दा अझ आम्दानी बढ्ने भन्दै यो तर्फ लाग्नको लागि आग्रह गरिकी थिईन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, हाटबजार व्यवसायी समितिका अध्यक्ष हुमाराम पोखरेल, सामाजिक शाखा प्रमुख तारा भुषाल लगायतले आ आफ्नो धाराण राखेका थिए । नगरले श्रमको सम्मानका लागि जनही १०/१० हजारको दरले ३० जनालाई गरि ३ लाख वितरण गरेको हो । यसमा कर समेत नकाटी नगद दश–दश हजार दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ५८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं