२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बुटवल उपमहानगरद्वारा सालको पात बेच्ने, मकै पोल्ने र ईरिक्सा चलाउने ३० महिलालाई नगदसहित सम्मान



बुटवल । अन्तराष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका विभिन्न स्थानमा अटो रिक्सा चलाउने महिला, सालको पात विक्रि गर्ने महिला र मकै पोलेर विक्रि गर्दै गुजारा गर्दै आएका श्रमिक महिलालाई नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरी नगद सहित सम्मान गरिएको छ । ३० जना महिला श्रमिकलाई नगद १०/१० हजार सहित सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले श्रमिक दिवसको अवसर पारेर महिलाहरुको श्रमको सम्मानको रुपमा आर्थिक सहयोग सहित सम्मान गरिएको जानकारी दिए । गत बर्ष पनि सोही अनुसार तीन वटा श्रम विषयमा १०/१० जना महिलालाई सम्मान गरिएको जानकारी दिँदै नगर प्रमुख पाण्डेयले यो वर्ष पनि ३० जना र अर्को पनि पनि ३० जनालाई नियमित रुपमा सम्मान गरिने बताएका थिए । बुटवल उपमहानगरपालिका सबैको साझा पालिका भएको अपनत्व निर्माणको लागि पनि पालिकाले यो कार्यक्रमा नगरसभाबाट निर्णय गरेर कार्यान्वयन गरिएको नगर प्रमुख पाण्डेयको भनाई छ ।

बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले अव महिला श्रमिकलाई उद्यमशंग जोड्ने गरी काम गर्नको लागि नगरपालिका तयार रहेको भन्दै सोही अनुसार योजना बनाएर लाग्नको लागि महिला श्रमिकलाई आग्रह गरिन् । अहिले पनि जंगल गएर सालको पात टिपेर बजारमा ल्याएर गुजारा गर्दै आएका महिलाश्रीमलाई दुना, टपरी, बौता खुट्ने तालिम समेत नगरपालिकलो निःशुल्क रुपमा उपलब्ध गराउने योजना रहेको भन्दै यसको पनि राम्रो बजार भएको बताईन् । उनले सालको पात विक्रि गर्दै गर्दा संगै बौता, टपरी, दुना पनि विक्रि गर्दा अझ आम्दानी बढ्ने भन्दै यो तर्फ लाग्नको लागि आग्रह गरिकी थिईन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, हाटबजार व्यवसायी समितिका अध्यक्ष हुमाराम पोखरेल, सामाजिक शाखा प्रमुख तारा भुषाल लगायतले आ आफ्नो धाराण राखेका थिए । नगरले श्रमको सम्मानका लागि जनही १०/१० हजारको दरले ३० जनालाई गरि ३ लाख वितरण गरेको हो । यसमा कर समेत नकाटी नगद दश–दश हजार दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ५८ बजे

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग