४ पुस २०८२, शुक्रबार | December 20, 2025

आईपीएल : पञ्जाबले चेन्नईलाई ४ विकेटले हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्सले चेन्नई सुपरकिंग्सलाई चार विकेटले पराजित गरेको छ । युजभेन्द्र चहलको ह्याट्रिकका साथै कप्तान श्रेयस अय्यर र प्रभ्सीरमन सिंहको अर्धशतकको मद्दतमा पन्जाब किंग्सले बुधबार शानदार जित निकालेको हो ।

चेन्नईले दिएको १९१ रनको लक्ष्य पछ्याएको पन्जाबले दुई बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १९४ रन जोडेको हो । पञ्जाबको यो जितसँगै चेन्नई आईपीएलको यो सिजनमा चार खेल खेल्न बाँकी हुँदै बाहिरिएको हो ।

पन्जाबका लागि कप्तान श्रेयास अय्यरले ४१ बलमा ७२ रन जोडे । प्रम्भिरमन सिंहले ३६ बलमा ५४ रन जोडे । पन्जाबलाई जित दिलाउने क्रममा शशाङ्क सिंहले १२ बलमा २३ रन जोडे । चेन्नईका खालेल अहमदले ३.४ ओभरमा २८ रन खर्चेर दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई भने अन्तिम समयसम्म २०० रन सजिलै पार गर्ने अवस्थामा रहे पनि चहलको ह्याट्रिकले खेलको दिशा मोडिएको थियो । चहलले तीन ओभरमा ३२ रन खर्चेर चार विकेट लिए । चेन्नईले चार बल बाँकी रहँदा १९० रन जोड्दै सम्पूर्ण विकेट गुमाएको हो । चहलले चार विकेट नै १९ औँ ओभरमा लिएका थिए । जसमा ह्याट्रिक समेत समावेश थियो ।

जितपछि पन्जाब १० खेलमा १३ अङ्क सहित दोस्रो स्थानमा उक्लिएको छ भने चार अङ्क जोडेर अंक तालिकाको पुछारमा रहेको चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ७ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको