७ आश्विन २०८३, बुधबार | September 23, 2026

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै



मकवानपुर । हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको मकवानपुरको राक्सिराङ गाउँपालिकामा त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले पूर्वसूचना दिने सेन्सरसहितको साइरन प्रणाली जडान गरिने भएको छ ।

साउथ एसियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा यस्तो यन्त्र राक्सिराङ गाउँपालिकालाई हस्तान्तरण भइसकेको र जडान कार्य अगाडि बढ्ने सो संस्थका अध्यक्ष श्रीराम शर्माले जानकारी दिए । उनका अनुसार यस प्रविधिले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्रका स्थानीय बासिन्दालाई १५ मिनेटअघि नै चट्याङको चेतावनी दिने साइरन बज्ने छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ चट्याङको उच्च जोखिमयुक्त क्षेत्र भएकाले यस्तो प्रविधि अत्यन्तै उपयोगी हुने बताए । उनले यसबाट पूर्वजानकारी मिल्ने भएकाले चट्याङबाट सचेत रहन र समयमै सुरक्षा सावधानी अपनाउन सहज हुने विश्वास व्यक्त गरे ।

राक्सिराङ–१ को राम्चे, वडा नम्बर २ र ३ को भाट्टी, वडा नम्बर ४ कार्यालय, वडा नम्बर ५ को चैनपुर, ६ को सिलिड्डे विद्यालय, ७ को गर्लिङ, ८ को पाङ्बुङ र वडा नम्बर ९ को प्रहरीचौकी कान्द्राङमा साइरन प्रणाली जडान गरिने छ ।

पिपुल इन निडको आर्थिक सहयोग र साउथ एसियन लाइट्निङ नेटवर्कको प्राविधिक सहकार्यमा एक मुख्य सेन्सर र आठवटा साइरन सिष्टम वितरण गरिएको हो ।

अब स्थानीयलाई यसबारे आवश्यक सचेतना र जानकारी दिएर जडानको काम अगाडि बढाइने अध्यक्ष मल्लले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ८ : ३४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज