२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

शिक्षा विधेयक छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छ : उपाध्यक्ष घिमिरे



काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा विधेयक संसद्का दुवै सदनबाट छिटो प्रक्रिया अपनाइ पारित गर्न सकिने धारणा राखेकी छिन् ।

लियो क्लब डिस्ट्रीक्ट ३२५ इ को तेस्रो जिल्ला परिषद् बैठक र तेस्रो वार्षिक जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपाध्यक्ष घिमिरले सरकारसँगको सहमतिअनुसार नै छिटो प्रक्रियाबाट विधेयक सदनबाट पारित गर्न सकिने बताएकी हुन्।

“एक महिनादेखि आन्दोलनरत शिक्षक र सरकारबीच बुधबार राति प्रतिनिधिसभाबाट आगामी असार १५ मा शिक्षा विधेयक पारित गर्ने सहमति भएको छ”, उपाध्यक्ष घिमिरले भनिन्, “प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई दलहरुको सहमतिमा राष्ट्रियसभाले छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छ ।”

उनले महत्वपूर्ण विधेयक पारित भएर कानुन बन्न नसक्दा सङ्घीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गरिन् । उनले भनिन, “प्रतिनिधिसभाले शिक्षा र निजामतिलगायका विधेयक पारित गर्नका लागि शनिबार र बिदाका दिन बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने सहमति गरिसकेको छ, प्रतिनिधिसभाबाट पारित भएर आएका विधेयकहरु राष्ट्रियसभामा लामो समय अड्काउने काम गरेका छैनौँ ।”

उपाध्यक्ष घिमिरेले नेपाली युवालाई सबल प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अङ्गमा सार्थक सहभागिता सुनिश्चित गराउने र नेपाललाई आधुनिक न्यायपूर्ण तथा समृद्ध राष्ट्र बनाउने कुरामा पनि युवाहरुले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरिन् ।

युवा वर्गको क्रियाशीलताबाट नै राष्ट्र निर्माणका हरेक क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव भएकाले युवा वर्गले सदैव कर्मशील सोचबाट अघि बढ्न सक्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ८ : ०० बजे

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक