४ पुस २०८२, शुक्रबार | December 19, 2025

आईपीएल : शीर्ष स्थानमा मुम्बई, सय रनले पराजित राजस्थान बाहिरियो



काठमाडौं । लगातार छैटौँ जितसहित मुम्बई इन्डियन इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई १०० रनले हरायो । पराजित राजस्थान भने बाहिरिएको छ । जयपुरमा मुम्बईको सन् २०१२ पछिको पहिलो जित हो ।

२१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११७ रनमा सीमित भयो । राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३० रन जोडे । राजस्थानलाई कम योगफलमा सीमित गर्ने क्रममा करण शर्माले चार ओभरमा २३ रन खर्चेर तीन तथा ट्रेन्ट बोल्टले २.१ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराहले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले दुई विकेटको क्षतिमा २१७ रन जोडेको थियो । मुम्बईका लागि प्लेयर अफ द म्याच समेत घोषित रेन रिकेल्टनले ३८ बलमा ६१ रन जोडे । उनले रोहित शर्मासँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे । १२ औँ ओभरको पाँचौँ बलमा थक्सेनाले उनलाई बोल्ड गरेका थिए । रोहितले ३६ बलमा ५३ रन जोडे। सूर्य कुमार यादव र हार्दिक पाण्डे दुई रनले अर्धशतक बनाउन चुके । यादव र पाण्डेले समान २३-२३ बलमा ४८-४८ रन जोडे ।

मुम्बई १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने राजस्थान ११ खेल खेल्दा तीन जित र आठ हारसहित ६ अंक बनाएर तीन खेल बाँकी हुँदै बाहिरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : २५ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज