२९ मंसिर २०८२, सोमबार | December 15, 2025

९ जना संचालक मण्डल निर्वाचित गर्दै वैकुण्ठधाम सिधनियाघाटको साधारणसभा सम्पन्न



नेपालगन्ज । ९ सदस्सीय कार्यसमिति निर्वाचित गर्दै वैकुण्ठधाम सिधनियाघाट संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । डा. सुरेस कुमार कनोडियासहित ९ जना संचालक मण्डल निर्वाचित गर्दै राप्ती नदी तटमा आधुनिक दाहसंस्कारस्थल (वैकुण्ठधाम) बनाउन गठन गरिएको वैकुण्ठधाम सिधनियाघाट संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको सन्तानेश्वर मन्दिरका महन्त योगानन्द गिरीले उद्घाटन गरेका थिए । साधारणसभाले डा कानोडिया सहित डा. बद्री चापागाईँ, डा. केदार अग्रवाल, कमल कार्की, शशी स्वाँर, कृष्णप्रसाद श्रेष्ठ, उमा थापा, श्रीराम सिग्देल र राकेश मिश्र सदस्य रहेको संचालक मण्डल चयन गरेको हो । यही समितिले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष चयन गर्ने बिधानमा ब्यवस्था रहेको नव निर्वाचित सदस्य श्रीराम सिग्देलले बताए । संस्थामा डा. कानोडियालाई नै अध्यक्ष बनाइने निश्चित प्राय रहेको बताइएको छ ।

साभारण सभाले सचिव विकास आचार्य र कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठद्वारा प्रस्तुत प्रगति र आथिृक प्रतिवेदनलाई पारित गरेको छ । साधारण सभामा यज्ञान्त स्मारिका विमोचन गरिएको थियो । यज्ञान्तको सम्पादकमा झलक गैरे, सहसम्पादकमा कुमार श्रेष्ठ र भाषा सम्पादकमा डा. हरि तिमिल्सेना रहेका थिए ।

सिधनियाघाटमा आधुनिक दाहसंस्कारस्थल बनाउनुका साथै १३ दिने कर्मकाण्ड गर्न मिल्ने संरचना गराउने संस्थाको उद्देश्य रहेको छ । संस्थाले भविश्यमा विद्युतिय दाहसंस्कार स्थल बनाउने समेत संकल्प गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ८ : ३६ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार