५ पुस २०८२, शनिबार | December 20, 2025

विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न छात्रवृत्ति दिनुपर्ने खाँणको सुझाव



बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा विदेशी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

आज बुटवलस्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसको क्याम्पससभा (अधिवेशन) को उद्घाटन गर्दै क्याम्पस व्यवस्थापन समितिका संस्थापक अध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री खाँणले शिक्षा, सीप र रोजगारीलाई आपसमा जोड्ने नीति बनाउन सरकारलाई आग्रह गरे । उनले स्वदेशमा पढ्दै कमाउने वातावरण बनाउनुपर्ने भन्दै विदेशमा पढ्दै कमाउने अवसरका कारण विदेशी शिक्षामा विद्यार्थीको आकर्षण बढेको बताए ।

उनले नेपालका विश्वविद्यालय तथा क्याम्पसहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न सके विदेशी विद्यार्थीको आकर्षण बढ्ने विश्वास व्यक्त गरे । उनले भने, “नेपालमा पनि विदेशको जस्तै नीति लागू गरी विदेशी विश्वविद्यालय जस्तै यहाँ विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ । त्यसका लागि छात्रवृत्तिको व्यवस्था गर्न सकिन्छ ।” उनले सूचना प्रविधि, पर्यटन, अनुसन्धान, उद्यमशीलता तथा रोजगारीलगायत क्षेत्रलाई शिक्षासँग एकीकृत गराउनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : ५३ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र