३० चैत्र २०८२, सोमबार | April 13, 2026

नारायणी अस्पतालका तत्कालिन प्रमुखसहितपाँच जना विरुद्धपाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजका तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्टसंजय कुमार ठाकुरसहित पाँच जनाविरुद्ध निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

अख्तियारले अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा प्रकृयामा एक करोड ८४ लाख ३८ हजार ४५८ अनियमितता गरेको आरोपमा तत्कालिन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ठाकुरसहित इन्जिनियर राजेन्द्र शाह र सकुर अन्सारी, नासु शुशीलप्रसाद यादव र लेखापाल सुदिप कुमार माझि, ठेक्का मुल्यांकन समितिका संयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी माथी मुद्दा दर्ता गरेको हो ।

अख्तियारका अनुसार मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालिन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध पनि मुद्धा दायर गरिएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  २ : ५९ बजे

राष्ट्रिय अपाङ्ग महासंघको १० औँ महाधिवेशनबाट देविदत्त आचार्यको नेतृत्वमा नयाँ समिति चयन

बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन बुटवल

गृहमन्त्रीलाई जेनजी नेतृ रक्षा बमको सुझाव- ‘गरिबीलाई अपराध नठान्नुस्’

काठमाडौं । जेनजी नेतृ रक्षा बमले गृहमन्त्री गुरुङलाई सार्वजनिक अभिव्यक्तिप्रति

रिपोर्टर्स क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन

ट्रक भाडादर समायोजन गर्न समितिलाई ध्यानाकर्षण

बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।