२३ चैत्र २०८२, सोमबार | April 6, 2026

ब्रिटिस कलेज र बेलायतको विश्वविद्यालयबीच विद्यार्थी एक्सचेन्ज कार्यक्रम सम्पन्न



काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले तेस्रो पटक स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीको पार्टनर विश्वविद्यालय लिड्स बेकेट (एलबीयू)सँगको सहकार्यमा स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको हो ।

अप्रिल १९ देखि एक सातासम्म काठमाडौँमा सञ्चालन भएको कार्यक्रममा बेलायतस्थित लिड्स बेकेट विश्वविद्यालय तथा टीबीसीमा अध्ययनरत १६ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

यस पटकको स्टुडेन्ट एक्सचेन्ज कार्यक्रमको विषय ‘सामाजिक परिवर्तनको लागि आईओटी र आर्डुइनो’ रहेको थियो । जस अन्तर्गत विद्यार्थीहरुले पहिरो, स्वच्छ खानेपानी, वन्यजन्तु सुरक्षा, र वन विनाशजस्ता समस्या समाधानका लागि नवीनतम प्रोटोटाइपहरु विकास गरेका थिए ।

यस ‘क्रस–कल्चरल टिमवर्क’मा आधारित कार्यक्रममा टीबीसीमा अध्ययनरत र लिड्स बेकेडबाट आएका विद्यार्थीहरुलाई मिलाएर टिमहरुको निर्माण गरिएको थियो ।

जसअन्तर्गत पहिरोको चेतावनी प्रणाली, स्मार्ट पानी गुणस्तर निगरानी प्रणाली, नाइटगार्ड प्रणाली, र वन विनाश निगरानी एपको प्रोटोटाइप विद्यार्थीहरुले निर्माण गरेका थिए ।

कार्यक्रमको नेतृत्व एलबीयूकी डा. पूनेह बघेरी जादेह र टीबीसीका डा. रोहितराज पाण्डेले गरेका थिए, जसमा द ब्रिटिस कलेजका अन्य संकाय सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । यस कार्यक्रमले अनुसन्धान, संयुक्त अध्यापन र डिजिटल शिक्षामा भविष्यका सहकार्यहरूबारे पनि सम्भावना अनुसन्धान गरेको छ ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै डा. जादेहले भने, ‘फरक–फरक संस्कृतिका विद्यार्थीहरू एकसाथ बसेर महत्वपूर्ण प्रविधिको विकास गरेको देख्दा हामी निकै प्रभावित भयौं । यो कार्यक्रमले शिक्षा र नवप्रवर्तनमा सीमाना हुँदैन भन्ने कुरा फेरि प्रमाणित गरेको छ ।’

त्यस्तै, कलेजका निर्देशक महेन्द्रराज कँडेलले भने, ‘यस कार्यक्रममा विद्यार्थी र फ्याकल्टीबीच ऊर्जा र विचारहरूको आदानप्रदान प्रेरणादायक रह्यो । यो कार्यक्रम केवल सिकाइको मात्र नभई भविष्य निर्माणको एक साझा अभियान बनेको मेरो विश्वास छ ।’

कार्यक्रमको सफल समापनसँगै दि ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय साझेदारी विस्तार, नवप्रवर्तन प्रवद्र्धन, र विद्यार्थीहरूलाई नेतृत्वका लागि सक्षम बनाउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ९ : २२ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको