१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

यात्रु बनेर रिक्सा अनुगमनमा बुटवलका मेयर पाण्डेय, चर्को मूल्यमा रिक्सा बेच्नेमाथि कारवाही गरिने



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल र यस आसपासका अटो रिक्सा ब्यवसायीले दर्ता गरिदिने झुठो आश्वासन दिएर महङ्गो मूल्यमा रिक्सा बिक्रीवितरण गर्ने गरेको बताएका छन् । सामाजिक सञ्जाल मार्फत नगर प्रमुख पाण्डेयले बुटवलमा नयाँ रिक्सा दर्ता गर्ने नीति नरहेको स्पष्ट पारेका छन् ।

उनले रिक्सा दर्ता हुन्छ भन्दै चर्को मूल्यमा रिक्सा बेच्ने ब्यक्ति र बिक्रेतामाथि छानबिन गर्ने समेत बताएका छन् । बुटवल उपमहानगरले अघिल्लो आर्थिक वर्ष देखि नै नयाँ रिक्सा दर्ता बन्द गरेको छ । नगरको ट्राफिक अस्तब्यस्त बनेको र नगर भित्रका रिक्सा चालकहरुबीच अस्वस्त प्रतिस्पर्धा भएको गुनासो आउन थालेपछि उपमहानगरले रिक्सा दर्ता बन्द गरेको थियो ।

नगर प्रमुख पाण्डेयले हाल रिक्सा दर्ता गर्ने नीति नभएको उल्लेख गर्दै भ्रममा नपर्न रिक्सा चालक र सरोकारवालाई नझुक्किन आग्रह समेत गरेका छन् । उनले दर्तावाल रिक्साको अनुगमन गर्न आफु रिक्सा मै हिँट्न थालेको समेत जनाएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : ०४ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज