३ श्रावण २०८३, आइतबार | July 19, 2026

आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रञ्जीता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई यही वैशाख १७ गते गिरफतार गरिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन् ।

सांसद कान्तिका सेजुवालले तीन महिनादेखि युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा अलपत्र परेका मुगुको छायानाथ नगरपालिका–१४ सुम्ली गाउँका २६ वर्षीय दीपराज भण्डारीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए। उनी रोजगारीको सिलसिलामा एक वर्षअघि दुबई गएका थिए ।

यस्तै सांसद ठाकुरप्रसाद गैरेले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न सरकारसँग माग गरे ।

सांसद पूर्णबाहदुर घर्ती मगरले जिल्ला सदरमुकामका निम्ति विनियोजन गरेको बजेट खर्च हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी सांसद मनिष झाले मन्त्रिपरिषद्मा महिलाको सहभागिता बढाउन माग गरे ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १२ : २५ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : कांग्रेस निकट व्यवसायीबाट संजय थापा अध्यक्ष पदका उम्मेदवार

नेपालगन्ज । नेपालगन्जमा उद्योग वाणिज्य संघको निर्वाचन घोषणासँगै दल निकट

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

चितवन । वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय