२१ भदौ २०८३, आइतबार | September 6, 2026

स्वर्गीय नेपाललाई पशुपति लगियो, उपप्रधानमन्त्रीद्वारा नेपालप्रति श्रद्धाञ्जली अर्पण



काठमाडौँ । मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ ।

पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उहाँको अन्त्यष्टि गरिनेछ । यसअघि उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गरेेे थिए। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गरे ।

नेपालको आजै सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

विसं २०५० को दशमा नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त र वरिष्ठ नेता नेपाल नेकपा (एमाले)भित्र निर्णायक र प्रभावशाली थिए। राजनीतिक परिवर्तनका सिलसिलामा भूमिगत राजनीति गरेेका उनी नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा सञ्जय थापाको नामले परिचित थिए । उानी आख्यानकार, कवि र उपन्यासकार थिए । उनले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोलगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेेे थिए ।

एमालेको सचिवालयसदस्य, स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख भई काम गरेेका नेता नेपालले पार्टी सुदृढीकरण र सङ्गठन विस्तारमा अतुलनीय योगदान पुर्‍याउनुभएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : १६ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा