४ श्रावण २०८३, सोमबार | July 20, 2026

पूर्वमन्त्री नेपालको निधनले देशले वामपन्थी आन्दोलनका प्रखर नेता गुमाएको छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता प्रदीप नेपालको निधनले नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा बौद्धिक व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् ।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गरी उनको निधनले मर्माहत बनाएको उल्लेख गरेका हुन् ।

“नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा बौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दुःखद् निधनले मर्माहत भएको छु । निरङ्कुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु”, प्रचण्डले भनेका छन्,“ नेपालको निधनसँगै नेपाली वाम आन्दोलनले एक इमान्दार, निष्ठावान् र सिद्धान्तनिष्ठ नेता गुमाएको छ ।”

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको ७१ वर्षको उमेरमा आज दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेता नेपालको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ८ : १७ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री