६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै



लुम्बिनी । पच्चीस सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ ।

लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए ।

विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने उनले बताए ।

वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गूरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, बिहान ७ः३० शोभायात्रा हुनेछ ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  १२ : १२ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस