४ पुस २०८२, शुक्रबार | December 19, 2025

युद्ध विराम उल्लङ्घनको आरोप-प्रत्यारोपमा भारत-पाकिस्तान



नयाँदिल्ली । भारत र पाकिस्तान दुवैले एक अर्कालाई युद्ध विराम भङ्ग गरेको आरोप लगाएका छन् । भारतीय विदेशमन्त्री विक्रम मिस्रीले भारत अधीनस्थ काश्मीरमा विस्फोटको आवाज सुनेको बताए। उनले बारम्बार युद्ध विराम उल्लङ्घन भएको आरोप समेत लगाए ।

त्यसको केही समयपछि नै पाकिस्तानी विदेश मन्त्रीले आफूहरू युद्ध विरामको पक्षमा अडिग रहेको बताउँदै भारतले कुनै स्थानमा उल्लङ्घन गरेको आरोप लगाए ।

यी दुई देशबीच पछिल्लो चार दिन यता भएको झडप दशकमै सबै भन्दा खराब झडप थियो । २२ अप्रिलका दिन कश्मीरको पहलगममा आतङ्कवादी हमला भएपछि यसको विरुद्धमा गत साता भारतले आक्रमण सुरु गरेको थियो । यस क्रममा धेरै मिसाइल तथा ड्रोन आक्रमण भएको थियो । पाकिस्तानले पहलगाम घटनामा आफ्नो कुनै भूमिका नभएको दाबी गरेको थियो ।

दुवै देश एक आपसमा युद्धको नजिक देखिएकै समयमा एकै पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत आफ्नो देशको मध्यस्थतामा युद्ध विराम भएको उल्लेख गरेका थिए ।

त्यसको केही समयपछि नै भारतीय विदेश मन्त्रीले युद्ध विराम भएको बताउँदै यो सहमति गराउने कुरामा तीन दर्जन देश समावेश भएको समेत बताए । त्यसको केही घण्टापछि नै काश्मीरमा विस्फोटको आवाज सुनिएको बिबिसीले जनाएको छ ।

उनले भारतीय सेनालाई युद्ध विरामको बारे पूर्ण जानकारी दिइसकेको समेत बताए । त्यसको केही समय पछि नै पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले युद्ध विरामका लागि पाकिस्तान तयार भएको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : २५ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ