४ श्रावण २०८२, आइतबार | July 20, 2025

‘टिपर’ दुर्घटनामा चालकको मृत्यु



काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका-७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा ४ ख ३३६३ नम्बरको ‘टिपर’ उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा ‘टिपर’ करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका-७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

गत चैत ३१ गते मण्डनदेउपुर-२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र बालुवा ‘अनलोड’ गर्न ‘टिपर’ ‘ब्याक’ गर्ने क्रममा बा २ क ३४६४ नम्बरको ‘टिपर’ डिलबाट सात मिटर तल खसेर दुर्घटना हुँदा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ८ : १३ बजे

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम