२९ चैत्र २०८२, आइतबार | April 12, 2026

बाँकेका प्रहरी प्रमुख घर्तीमगरले गरे सूचना नलुकाउने प्रतिबद्धता



नेपालगन्ज । अघिल्लो साता सरुवा भरु बाँके आएका बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरले प्रहरीबाट पत्रकारले पाउने सूचनालाई छरिटो बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । बाँकेका पत्रकारहरुसँग परिचयात्मक छलफल कार्यक्रममा बोल्दै एपी घर्तीमगरले सुरक्षा सम्बेदनशिलता बाहेकका सूचना छरिटो उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

उनले आफु कार्यरत रहँदा प्रहरीको काम कर्तब्यमा दत्तचित्त भएर लाग्ने दृढता ब्यक्त गरे । आउँदा परिचयात्मक कार्यक्रम गरिएजस्तै बिदा भएर जाँदा समेत अन्तरक्रिया गरेर कार्यकालको समिक्षा गर्ने बताउँदै उनले प्रहरीले बाँकेबाट राम्रो कामको थालनी गर्ने पनि जनाए ।

पछिल्लो समयमा भारत र पाकिस्तानबीचको बढ्दो तनावपछि नेपाल–भारत सिमा नाकामा निगरानी बढाइएको एसपी घर्तीले जानकारी दिए ।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारलाई सही सूचना छिटो, छरितो उपलब्ध गराउन प्रहरी प्रमुख घर्तीको ध्यानाकर्षण गराए ।

परिचयात्मक अन्तरक्रियामा उपस्थित पत्रकारहरुले बाँकेको सुरक्षा सम्बेदनशिलतालाई आत्मसाथ गरेर कार्य सम्पादन गर्न प्रहरी प्रमुखलाई सुझाव दिए । उनीहरुले प्रहरी कार्यालय पीडित मैत्री नरहेको जनाउँदै अवधी, उर्दु र थारु भाषा बोल्ने स्थानीयलाई उजुरी र मुद्दा स्थलसम्म पुहँचको ब्यवस्था गर्न सुझाव दिए । पत्रकारहरुले प्रहरी कार्यालयको गेट बाहिर बस्ने बिचौलियालाई निषेध गर्न एसपी घर्तीलाई आग्रह गर्दै प्रहरीबाट सबैसँग समान र कानुन बमोजिमको ब्यवहार गर्न सुझाएका थिए ।

कार्यक्रममा पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, पत्रकारहरु सिराज खान, शरण कर्माचार्य, अक्षरी पोखरेल, अर्जुन ओली, कमल डाँगीलगायतले सुझाव तथा जिज्ञासा राखेका थिए । पत्रकारसँगको अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक पातलीसहित अन्य प्रहरी अधिकृतहरु, बाँकेमा कार्यरत विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  २ : ४८ बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय