३ पुस २०८२, बिहिबार | December 18, 2025

बाँकेका प्रहरी प्रमुख घर्तीमगरले गरे सूचना नलुकाउने प्रतिबद्धता



नेपालगन्ज । अघिल्लो साता सरुवा भरु बाँके आएका बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरले प्रहरीबाट पत्रकारले पाउने सूचनालाई छरिटो बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । बाँकेका पत्रकारहरुसँग परिचयात्मक छलफल कार्यक्रममा बोल्दै एपी घर्तीमगरले सुरक्षा सम्बेदनशिलता बाहेकका सूचना छरिटो उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

उनले आफु कार्यरत रहँदा प्रहरीको काम कर्तब्यमा दत्तचित्त भएर लाग्ने दृढता ब्यक्त गरे । आउँदा परिचयात्मक कार्यक्रम गरिएजस्तै बिदा भएर जाँदा समेत अन्तरक्रिया गरेर कार्यकालको समिक्षा गर्ने बताउँदै उनले प्रहरीले बाँकेबाट राम्रो कामको थालनी गर्ने पनि जनाए ।

पछिल्लो समयमा भारत र पाकिस्तानबीचको बढ्दो तनावपछि नेपाल–भारत सिमा नाकामा निगरानी बढाइएको एसपी घर्तीले जानकारी दिए ।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारलाई सही सूचना छिटो, छरितो उपलब्ध गराउन प्रहरी प्रमुख घर्तीको ध्यानाकर्षण गराए ।

परिचयात्मक अन्तरक्रियामा उपस्थित पत्रकारहरुले बाँकेको सुरक्षा सम्बेदनशिलतालाई आत्मसाथ गरेर कार्य सम्पादन गर्न प्रहरी प्रमुखलाई सुझाव दिए । उनीहरुले प्रहरी कार्यालय पीडित मैत्री नरहेको जनाउँदै अवधी, उर्दु र थारु भाषा बोल्ने स्थानीयलाई उजुरी र मुद्दा स्थलसम्म पुहँचको ब्यवस्था गर्न सुझाव दिए । पत्रकारहरुले प्रहरी कार्यालयको गेट बाहिर बस्ने बिचौलियालाई निषेध गर्न एसपी घर्तीलाई आग्रह गर्दै प्रहरीबाट सबैसँग समान र कानुन बमोजिमको ब्यवहार गर्न सुझाएका थिए ।

कार्यक्रममा पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, पत्रकारहरु सिराज खान, शरण कर्माचार्य, अक्षरी पोखरेल, अर्जुन ओली, कमल डाँगीलगायतले सुझाव तथा जिज्ञासा राखेका थिए । पत्रकारसँगको अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक पातलीसहित अन्य प्रहरी अधिकृतहरु, बाँकेमा कार्यरत विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  २ : ४८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका