१९ बैशाख २०८३, शनिबार | May 2, 2026

पर्यटन बोर्डमा बारपाकको फोटो प्रदर्शनी गरिने



काठमाडौं । विक्रम संवत् २०७२ को भूकम्पको क्षतिबाट पुनर्निर्माण गरिएको बारपाकको फोटो प्रदर्शनी र कुण्डलिनी कला प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा आगामी जेठ १ देखि ३ गतेसम्म बोर्ड परिसरमा उक्त प्रदर्शनी गर्न लागिएको हो ।

फोटोपत्रकार प्रकाशचन्द्र तिमल्सेनाले खिचेको बारपाकको फोटो प्रदर्शनी हुन लागेको बोर्डले जनाएको छ । नेपालको भावनात्मक गहिराइ, सृजनात्मक र प्रेरणादायी प्रदर्शनीहरू गर्न लागिएको बोर्डले जनाएको छ ।

गोरखा भूकम्पको १० वर्षपछिको स्मृति दिवसका अवसरमा फोटो प्रदर्शनी गर्न लागिएको हो । यो प्रदर्शनीले बारपाकको पुनर्निर्माण र पुनर्जीवनको यात्रालाई प्रभावशाली फोटोहरूको माध्यमबाट चित्रण गर्ने आशा गरिएको छ ।

बोर्डले विभिन्न व्यक्ति र संस्थाहरूको सहकार्यमा नेपालका दृश्य सम्पदा र सामूहिक स्मृतिलाई दस्तावेज गर्दै आएको उल्लेख गरेको छ । लगत्तै आगामी जेठ ४ देखि १० गतेसम्म पर्यटन बोर्डले कलाकार भीमप्रसाद शर्माको १३औँ एकल कला प्रदर्शनी ‘कुण्डलिनी–२ः दिव्य जागरणको ऊर्जा मार्ग’ प्रस्तुत गर्नेछ ।

ऊर्जा, चेतना र अध्यात्मिक रूपान्तरणको विषयवस्तुलाई आधार बनाउँदै उक्त कला प्रदर्शनीले रङ्ग, रूप र प्रतीकहरूको प्रयोगमार्फत दर्शकहरूलाई आन्तरिक यात्राको सन्देश दिनेछ । यस प्रदर्शनीले ‘ह्यासट्याग फोटोनेपाल’ अभियानमा नेपालको सांस्कृतिक आत्मालाई चित्रकलाका माध्यमबाट विश्वसामु उजागर गर्ने उद्देश्य राखेको छ । “यी दुई प्रदर्शनीहरूले नेपाललाई केवल देखिने मात्र होइन, अनुभव गरिने देशका रूपमा प्रस्तुत गर्छन्,” बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  २ : १३ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि