४ पुस २०८२, शुक्रबार | December 19, 2025

ज्यान मारेको अभियोग लागेका दशरथ १९ बर्षपछि पक्राउ



बुटवल । १९ वर्ष अघि हत्या भएको घटनामा फरार भनिएका एकजनालाई घटना भएको १९ वर्ष पछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ । साबिक सिलौटिया गाबिस वडा नं १ हालमर्चवारी गाउँपालिका वडा नं. ४ महादेवाका पुजारी कुर्मीको हत्यामा संलग्न भएको आरोप लागेका मर्चवारी गाउँपालिका वडा नं. ६ बगौलीका ३६ वर्षिय दशरथ कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

दशरथ कुर्मी लगायतका व्यक्तिहरुले पुजारी कुर्मीलाई घरबाट लिई गई कर्तव्य गरी हत्या गरेको प्रहरीले आरोप लगाएको छ । प्रहरीका अनुसार पुजारी कुर्मीको शब मिति २०६३ भाद्र ३१ गते दिउँसो धान खेतमा सडी गलि सकेको अवस्थामा फेला परेको थियो ।

घटना सम्बन्धमा सोही समय देखी फरार रहेका प्रतिवादीहरुलाई खोजतलास एवम् अनुसन्धान गर्दै जादाँ गोप्य सूचनाको आधारमा भारतबाट नेपाल घरतर्फ आउदै गर्दा गत २८ गते मर्चवारी गाउँपालिका वडा नं.३ सुरहवा खोलाबाट इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दशरथलाई कर्तब्य ज्यान मुद्दामा आज रुपन्देही जिल्ला अदालत पेश गरेकोमा अदालतले ५ दिनको म्याद थप भई हाल इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट थप अनुसन्धान कार्य भईरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : २७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज