२८ चैत्र २०८२, शनिबार | April 11, 2026

ज्यान मारेको अभियोग लागेका दशरथ १९ बर्षपछि पक्राउ



बुटवल । १९ वर्ष अघि हत्या भएको घटनामा फरार भनिएका एकजनालाई घटना भएको १९ वर्ष पछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ । साबिक सिलौटिया गाबिस वडा नं १ हालमर्चवारी गाउँपालिका वडा नं. ४ महादेवाका पुजारी कुर्मीको हत्यामा संलग्न भएको आरोप लागेका मर्चवारी गाउँपालिका वडा नं. ६ बगौलीका ३६ वर्षिय दशरथ कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

दशरथ कुर्मी लगायतका व्यक्तिहरुले पुजारी कुर्मीलाई घरबाट लिई गई कर्तव्य गरी हत्या गरेको प्रहरीले आरोप लगाएको छ । प्रहरीका अनुसार पुजारी कुर्मीको शब मिति २०६३ भाद्र ३१ गते दिउँसो धान खेतमा सडी गलि सकेको अवस्थामा फेला परेको थियो ।

घटना सम्बन्धमा सोही समय देखी फरार रहेका प्रतिवादीहरुलाई खोजतलास एवम् अनुसन्धान गर्दै जादाँ गोप्य सूचनाको आधारमा भारतबाट नेपाल घरतर्फ आउदै गर्दा गत २८ गते मर्चवारी गाउँपालिका वडा नं.३ सुरहवा खोलाबाट इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दशरथलाई कर्तब्य ज्यान मुद्दामा आज रुपन्देही जिल्ला अदालत पेश गरेकोमा अदालतले ५ दिनको म्याद थप भई हाल इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट थप अनुसन्धान कार्य भईरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ६ : २७ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र