२२ भदौ २०८३, सोमबार | September 7, 2026

फरार कैदी पक्राउ, बेवारिसे अवस्थामा हतियारको गोली बरामद



भक्तपुर । जिल्ला प्रहरी परिषर भक्तपुरले बेवारिसे अवस्थामा रहेको विभिन्न हतियारको गोली फेला पारेको छ ।

प्रहरीले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा किनारामा रहेको सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा ३०३ राईफलको पाँच राउण्ड गोली र एसएलआर गनको दुई राउण्डको गोली फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । ।

त्यसैगरी गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवाल कारागार कार्यालय काठमाडौंबाट फरार भएका कैदीलाई प्रहरीले चाँगुनारायण नगरपालिका–६ बेसिटोलबाट पक्राउ गरेको छ ।

जबर्जस्ती करणी मुद्दाको कैद भुक्तान गरिरहेका कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका–१६ का २९ वर्षीय नीरज तामाङलाई प्रहरी प्रभाग खरिपाटीको टोलीले पक्राउ गरी आज जगन्नाथदेवाल कारागार, काठमाडौं पठाएको प्रहरी नायब उपरीक्षक जबेगुले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १२ : ४८ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी