२ कार्तिक २०८३, सोमबार | October 19, 2026

जलेश्वर अस्पतालमा औषधि अभाव, उपचारमा समस्या



जलेश्वर । जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ । सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या भएको अस्पताल प्रमुख डा. विकास साहले बताए ।

दश नगरपालिका र पाँच गाउँपालिका भएको उक्त अस्पतालमा दुई महिनादेखि औषधि अभाव भएको गुनासो गर्दै उनले समस्या समाधानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराए। अस्पतालमा दैनिक ३०० जना बिरामी आउने गरेका छन् ।

मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग पनि औषधिको लागि निरन्तर अनुरोध भएको प्रमुखसाहले बताए। आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै स्रोतबाट जेनतेन व्यवस्थापन गरिहेको जानकारी दिँदै उनले इमर्जेन्सी सेवा पनि प्रभावित बन्ने परिस्थिति उत्पन्न भएको दुखेसो गरे ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ९ : ४७ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट