२२ माघ २०८२, बिहिबार | February 5, 2026

ट्राफिक प्रहरीले दुधवालासँग मासिक रकम मागेको भन्दै दुध संकलकहरु गुनासो गर्न खबरकुरा कार्यालयमा



खजुरा । बाँकेको खजुरामा रहेको ट्राफिक पोष्टमा किसानले बोकेको दुध ढुवानीमा रकम असुल गर्ने गरेको किसानहरुले गुनासो गरेका छन् । धनौली स्थित ट्राफिक पोष्टमा खटिएका ट्राफिक प्रहरीले मासिक एक हजार प्रति अटो दिनुपर्ने बताएको भन्दै दुध संकलकहरु खबरकुराको बाँके सम्पर्क कार्यालयमा गुनासो गर्न आइपुगेका छन् ।

ग्लोबल डेरी प्रालि, बुद्धभूमी ९ कपिलवस्तुको खजुरा चिस्यान केन्द्रका लागि खजुरा ७ गोदाहाना संकलन केन्द्रको संकलित दुध अटो रिक्सामा राखेर चिस्यान केन्द्रसम्म पुर्याउने क्रममा ट्राफिक प्रहरीले महिनावारी मागेको जानकी २ बनकटवा घर भइ ग्लोबल डेरिका लागि गोदहना चिस्यान केन्द्रका किसान समुहका इन्चार्ज सुनिल कुमार यादवले बताए । उनले यसअघि मोटरसाइकलमा दुध ढुवानी गर्दा ट्राफिक प्रहरीले पैसा मागेपछि अटो रिक्सामा ढुवानी गर्ने गरेको बताए ।

रकम नदिएसम्म अटो रोकिदिएपछि किसानबाट संकलित १२० लिटर बढी दुध बिग्रीएको यादवले बताए । बिहान ८ बजेबाट १० बजेसम्म अटो नछाडेपछि संकलित दुध बिग्रीएको उनले बताए ।

उता खजुरा ट्राफिक पोष्टका इन्चार्ज होमबहादुर अधिकारीले भने आफुले मासिक पैसा नमागेको बताए । उनले सवारी साधनको कागजपत्र चेकजाँचका लागि मात्र रोकेको बताउँदै दुधसंग आफ्नो कुनै सरोकार नभएको बताए । उनले अटोको कागजपत्र नभएकोकारण रोकेको स्वीकार गरे । अटो चालक र संकलकहरुले २०७६ सालसम्म मात्र नविकरण भएको अटो रिक्साको ब्लुबुक र सवारी चालक अनुमति पत्र खबरकुरालाई देखाएका छन् ।

दुध संकलक यादवले भने अर्को रिक्सा रोकेर दुध लैजान खोज्दा पनि ट्राफिकले पैसा नदिई जान पाइदैन भनेर रोकेको बताए । किसानसंग संकलन गरेको दुधमा पनि महिनावारी मागेका कारण आफुहरु मर्कामा परेर मिडिया खोज्दै आएको यादवले बताए । ‘कागजपत्र नभए अटो माथि कारवाही होस्, दुध रोक्न त पाइएन नी ।’ यादवले भने ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ११ : ३४ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका